पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । चन्द्र बहादुर राई नाम गरेका सुर्खेत निवासी एक पुरुष आज काखका दुई छोरा च्यापेर फरार श्रीमतीको खोजी गर्दै रुदै कराउँदै मिडियामा आएका छन । २१ दिनदेखि श्रीमती सम्पर्कबिहिन भएपछि यतिबेला छोराहरू र उनको बिचल्ली भएको छ ।
लक्ष्मी राजी नाम गरेकि श्रीमती आफू काममा गएको मौका छोपी छोराहरूलाई अलपत्र छोडेर फरार भएपछि उनी अहिले रुनु न हाँस्नु भएका छन । श्रीमतीसँग झैझगडा पनि केही नपरेको तर श्रीमती यसरी चटक्क छोडेर जाँदा मरितुल्य भएका छन उनी । श्रीमती र छोराछोरीबाहेक आफुले केही नसोचेको तर श्रीमतीले आफुलाई भाङ धतुरो खाएर मर भनेर गा लीग लौज गरेको उनको गुनासो छ ।
दिनभरी ज्यालामज दुरी गरेर श्रीमतीलाई मनपर्ने कुरा ल्या ईदिन्छु भनेर हिडेका थिए उनी तर घर आउँदा श्रीमती नै नहुँदा छाँगाबाट खसेझै भयो उनलाई । श्रीमतीले आफुलाई मर्न मन लागेपनि मर भनेपछि सहारा खोज्दै अहिले उनी मिडियामा आएका छन । जसको लागि दुख गरेको उनै म सँग छैन भने दुख कसको लागि गर्नु र भन्दै भक्कानिए उनी

Comments
Post a Comment