Skip to main content

रोजगारीमा जाने हो कोरिया ? ४० हजार जान पाउने, यस्तो गरे सजिलै जान सकिन्छ…

 


रोजगारीमा जाने हो कोरिया ? ४० हजार जान पाउने, यस्तो गरे सजिलै जान सकिन्छ…

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने जनाएको छ ।

कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई यसबारे जानकारी दिएका हुन् ।

‘नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजार नेपाली ल्याउँछौं,’ सिंगापुरमा भएको द्विपक्षीय भेटमा उपमन्त्री जोङपिलको भनाइ उद्धृत गर्दै अर्यालले भने । यसअघि ईपीएसअन्तर्गत यति धेरै नेपाली एकै वर्षमा कोरियाले भर्ना गरेको थिएन ।

उपमन्त्री जोङपिल कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १७ औं एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा सहभागी हुन सिंगापुर आएका थिए । उक्त बैठकमा नेपालको तर्फबाट श्रम सचिव अर्यालले नेतृत्व गरेका थिए ।

सोही क्रममा दुवै मुलुकका अधिकारीबीच भेटवार्ता भएको हो । भेटमा उपमन्त्री जोङपिलले कोरियाले कामदार आपूर्ति गर्दै आएका १६ मुलुकमध्ये नेपालीलाई उच्च प्राथमिकता दिने गरेको बताएका सचिव अर्यालले सुनाए ।

‘ईपीएसअन्तर्गत कामदार पठाउन थालेको १२ वर्ष भयो । यो अवधिमा कोरिया र नेपालबीचको संयन्त्रले प्रभावकारी रूपमा कार्यसम्पादन गरिरहेको छ । कोरियाको मागअनुसार कामदार पठाउन सक्ने संयन्त्र नेपालसँग छ, त्यसका लागि आफूहरू तयार रहेको भेटमा कोरियाली पक्षलाई आश्वस्त पार्‍यौं,’ अर्यालले भने ।

कोरियाले सबैभन्दा बढी गत वर्ष ९ हजार कामदार लैजाने कोटा छुट्याएको थियो । ईपीएस प्रणालीअन्तर्गत हालसम्म कोरियामा ७५ हजार नेपाली कामदार पुगिसकेका छन् । जसमा ५ हजार महिला छन् । कोरिया गएकामध्ये ३ हजार नेपाली गैरकानुनी हैसियतमा बसिरहेको पनि मन्त्री जोङपिलले उल्लेख गरेका अर्यालले बताए ।

‘कोरियामा कोही पनि गैरकानुनी हैसियतमा नबसोस् भन्ने हाम्रो चाहना हो । गैरकानुनी हैसियतमा बसेकाहरूलाई स्वदेश फर्काउनको लागि नेपालबाट पनि सहजीकरण होस्,’ जोङपिलको भनाइ उद्धृत गर्दै अर्यालले भने ।

अर्यालले नेपाल र कोरियाबीच भएको श्रम सम्झौता परिमार्जन गर्न आवश्यक रहेको बताए । उक्त सम्झौतामा श्रम मामिलामा परेको अप्ठ्यारोलाई हल गर्न दुवै मुलुकबीचको प्राविधिक समितिको बैठक बस्ने व्यवस्था गरिएको छैन ।

पेसागत पदमा नेपाली कामदार लैजाने गरी क्षेत्रगत पहिचान गरिएको छैन । पेसागत पदमा लैजाने व्यवस्था नगर्दा उच्च तहमा कम्पनीले लैजाने भए पनि पठाउन समस्या देखिएको उनको भनाइ छ ।

उनले कोरियामा कार्यरत नेपाली कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नसमेत उपमन्त्रीलाई आग्रह गरेको बताए । ‘भेटमा कोरियाली पक्षलाई नेपालले वैदेशिक रोजगारीमा गएका कामदारलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याउने गरी नीतिगत व्यवस्था गरेको जानकारी दिइयो,’ उनले भने, ‘कोरियामा मृत्यु भएका कामदारको शवसमेत नेपालको आफ्नै खर्चमा ल्याउनुपर्ने अवस्था छ ।

यसबाहेक कोरियाको बैंकबाट नेपालमा आफ्नो वा परिवारको खातामा अनिवार्य रकम पठाउनुपर्ने व्यवस्था गर्न सहजीकरण गरिदिन पनि आग्रह गरिएको छ ।’

कोरियामा हुन्डी कारोबार ठूलो समस्याका रूपमा रहेकाले नेपाली कामदारको हकमा बैंक खाताबाटै स्वदेशमा रकम पठाउने अवस्था बनोस् भन्ने चाहना नेपाल सरकारको छ ।

Comments

Popular posts from this blog

मेरो गल्ती छ भने मलाई गो,ली हानी मार्नुहोस्, दुई छाक टार्न समेत गार्‍हो भएका लाल बहादुरलाई ३ करोड १४ लाख जरिवाना सहित जेल, परिवार रुदै यसो भन्छन (भिडियो सहित)

  लाल बहादुर विक सुनसरी तरहरा निवासी एक साधारण व्यक्ति हुन् । लाल बहादुर बिक कारागार गएको महिना दिन भइसक्यो । उनी सिंहदेवी ज्वेलार्समा सिक्री बनाउने करिगढको रुपमा कार्यरत थिए। उनका मालिक दिपक गजमेर, दीपकका बुबा कृष्ण बहादुर गजमेर र सिता गजमेर परिवारको ज्वेलर्सले विभिन्न सयौ व्यक्तिबाट धेरै ब्याज दिने भन्दै पैसा उठाएका रहेछन । पैसाको रेकर्डको लागि पास बुक पनि बनाइएको थियो । धेरै ब्याज आउने प्रलोभनमा धेरैले करोडौ पैसा जम्मा गरे । पछि सिंहदेवी ज्वेलर्सले मानिसहरुको पैसा फिर्ता गर्न आनाकानी गर्यो । ज्वेलर्स नै बन्द हुने स्थिति आयो। पैसा राख्ने हरुले उजुरी गरे, जाहेरी दिए ज्वेलर्सका मालिक दिपक गजमेर सहित उनका बुबा कृष्ण बहादुर र सीता गजमेर पक्राउ परे । सीता गजमेरले उनीहरुको कामदार लाल बहादुरको पनि नाम लिएपछि लाल बहादुर पक्राउ परे । पछि मुद्धा चल्दै गर्यो । लाल बहादुर २ लाख धरौटि तिरेर छुटे त्यति बेला सम्म उनको जग्गा घर धितो मा गैसकेको थियो मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन् । हामीले उनीसंग कारोबार गरेको...

धेरै लामो समयसम्म यौ;न क्षमता बढाउन यी खानेकुरा खानुहोस्

  मानसिक र रासा’यनिक कारणले कतिपयलाई से’ क्सको रुचि कम हुने गर्छ । यी जडीबुटी सेव:न गरेर कामोत्ते:जना बढाउन सकिन्छ : अश्वगन्धा: अश्वगन्धाको धुलो से:वन गर्नाले शरीरको तल्लो भागमा रक्त:सञ्चार तीव्र हुन्छ । तपाईं उच्च रक्त:चापको बिरा:मी हुनुहुन्छ भने चाहिँ डाक्टरको परामर्शमा मात्र सेव:न गर्नुहोला । कुरिलो: कुरिलो खानाले, खास गरी महिलाको श;रीरमा से’क्स हार्मोनको सन्तुलन कायम हुन्छ । उच्च रक्त!चापको बिरा!मीले अथवा गर्भवती महिलाले कुरिलो खानु;अघि डाक्टरको प;रामर्श लिनुपर्छ । शिलाजित: शिलाजित सेव;नले, खास गरी पुरुषलाई फा;इदा गर्छ । शिलाजित खाँदा शरीरमा टेस्टोस्टे;रोन नामक से’ क्स हार्मोनको मात्रा वृद्धि हुन्छ । साथै, यो महिला तथा पुरुष दुवैको प्र;जनन क्षमता बढाउन पनि लाभदायक;सिद्ध हुन्छ । मेथी: यौ’ न र प्रजनन क्षमता दुवैका लागि मेथी उप;योगी हुन्छ । यसले पुरुषको शरीरमा टेस्टोस्टेरोन हार्मोन बढाउँछ । गर्भवती महिलालाई मेथीले फाइदा पु-याउँछ । तुलसी: तुलसीका केही पत्ता नियमित खाने गर्दा यौ’ न स्वास्थ्यलाई फाइदा पुग्छ । तुलसीमा आरजिनिन नाम गरेको एमिनो एसि;ड पाइन्छ, जसले शु;क्रकीटको शक्ति बढाई ब...

सुन्दर युवती र नेपाल आर्मीका सिपाहीको यो भाईरल भिडियो लाखौंले हेरे (भिडियो सहित)

  नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा..’ गीतले । यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन् । स्वदेश तथा विदेशमा आयोजना हुने कन्सर्टमा सक्रिय खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना एक दर्जन भन्दा बढी लोकप्रिय गीतहरु प्रस्तुत गर्छन् । खरेल यतिबेला नयाँ गीतको रेर्कडिङ्गमा ब्यस्त छन् । प्रमोद का धेरै गीत ले मानिस`लाई नचाउँछ । तल भिडि`योमा “ओइ झुमा झुमा झुम्का वाली” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ । एकजना नेपाली सेनामा कार्यरत एक सेना र एकजना युवतीले नृत्य प्रस्तुत गरेकी छुन । जुन गीत अहिलेसम्म निकै दर्शक तथा स्रोताहरुले मनपराइरहेका छ्न । यो नृत्यलाई विश्व...